एसीसी प्रिमियर कपः आज ओमान र कतार तथा युएई र कुवेत खेल्दै
काठमाडाैं | बैशाख ६, २०८०
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज कीर्तिपुर मैदान र मुलपानी मैदानमा एकरएक खेल हुँदैछ ।
समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ ।
फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई तथा हङकङले सिङ्गापुरलाई हराउँदै विजयी सुरुवात गरेका छन् । एसीया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

